महेन्द्रनगर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वडा प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक दर्शन खड्कालाई २०८३ साल भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ।

प्रहरी निरीक्षक खड्कालाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ‘BEST POLICE OF THE MONTH’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनलाई कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

प्रहरी संगठनको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै कार्यसम्पादनमा उत्कृष्टता प्रदर्शन गरेकाले खड्कालाई भदौ महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको कार्यालयले जनाएको छ।

















