खाेज्नुहाेस

कञ्चनपुरमा रुखबाट स्याउला काट्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

navjiwan hospital

बुधबार आफ्नै घरनजिक रुखबाट स्याउला काट्ने क्रममा करेन्ट लागेर भीमदत्त नगरपालिका–९, ब्रह्मदेवकी ४८ वर्षीया किस्मती देवी नाथको करेन्ट लागेर मृत्यु भएको हो ।

attariya hospital

स्याउला काट्ने क्रममा रुखको हाँगा विद्युत्को तारमा खसेपछि करेन्ट लागेर गम्भीर घाइते भएकी नाथको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।