
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो स्थानीय ४० वर्षीय भोजबहादुर ऐरले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा ऐरसहित ६ जनालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट नगद १९ हजार १९५ रुपैयाँ र तास बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


















