खाेज्नुहाेस

महेन्द्रनगरको एक रेष्टुरेन्टमा भिषण आगलागी

Image

कञ्चनपुर – महेन्द्रनगरको एउटा रेष्टुरेन्टमा आगलागी भएको छ। भीमदत्त नगरपालिका–४ स्थित गल्ली नम्बर ४ मा रहेको एमडी रेष्टुरेन्टमा बुधबार दिउँसो आगलागी भएको हो। आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको छ।

navjiwan hospital

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा भीमदत्त नगरपालिकाको दमकल टोली परिचालन गरिएको थियो। सुरक्षाकर्मी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार आगलागी नियन्त्रणमा आइसकेको छ। आगलागीबाट भएको क्षतिको विवरण तथा आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ।