खाेज्नुहाेस

भोटेकोशीको बाढीमा बेपत्ता बैतडीका हरिश चन्दको शव फेला

Image

धनगढी – भोटेकोशीमा आएको बाढीमा बेपत्ता बैतडीको सुनर्या गाउँपालिका–६ का ३२ वर्षीय हरिश चन्दको शव फेला परेको छ ।

navjiwan hospital

अपर त्रिशूली हाइड्रो पावरमा कार्यरत चन्दको शव पूर्वी नवलपरासीमा फेला परेको हो । उनको शरीरको तल्लो भाग नभेटिएपनि दाहिने हातमा भएको ट्याटुको आधारमा पहिचान गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital

लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको उनको अन्त्येष्टि गरिएको उनका भाइ बिशालले बताएका छन ।

भोटेकोशी बाढीमा सुदूरपश्चिम प्रदेशका १२१ जना बेपत्ता भएका छन् । बाढीमा हराएका ४१ जनाको भने सम्पर्कमा आइसकेका छन ।