खाेज्नुहाेस

बैतडीमा पहिरोले एक घर पुरियो, १० घर जोखिममा

Image

बैतडी– बैतडीमा पहिरोका कारण एक घर पुरिएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–८ लामुनीमा स्थानिय गणेश दत्त जोशीको घर पहिरोले पुरिएको हो । सोमबार राती करिब ९ बजेतिर घरमाथीबाट खसेको पहिरोले जोशीको घर पुरिएको प्रहरीले बताएको छ ।

navjiwan hospital

पहिरो खस्न थालेको आवाज आएपछि घरभित्र रहेका मानिसहरुले भागेर ज्यान जोगाएका छन् । पहिरोले जोशीको घर पूर्ण रुपमा नष्ट भएको छ । घरभित्र रहेका सबै अन्नपात, लत्ताकपडा पहिरोले बगाएको जोशीले बताए । घर पुरिएपछि जोशी परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसीरहेका छन् ।

attariya hospital

पहिरोका कारण गोठमा पुरिएका १० ओटा बाख्राको जिवितै उद्धार गरिएको छ । प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा पुरिएका बाख्राका उद्धार गरिएको स्थानीय पदम जोशीले बताए । लामुनीमा बर्षौंदेखि पहिरो खस्दै आएको र लगातारको बर्षाले उक्त पहिरो गाउँतिर फर्किएको उनले बताए ।

उनका अनुसार पहिरोका कारण पुरै गाउँ उच्च जोखिममा रहेको छ । स्थानीय १० घर परिवार पहिरोको उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिए ।