कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटिया सीमा क्षेत्रमा सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेका ९ वटा बाख्रा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बिओपी. थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक भुवन सिंह केसीको कमाण्डमा खटिएको ७ जनाको पैदल गस्ती टोलीले सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा अन्दाजी ५० हजार रुपैयाँ मूल्य बराबरका ९ वटा बाख्रा बरामद गरेको हो ।

बरामद बाख्रालाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।


















