खाेज्नुहाेस

गाई तार्ने क्रममा महाकालीमा बगेर एक पुरुष बेपत्ता

Image

कञ्चनपुर – कञ्चनपुर स्थित महाकाली नदीमा बगेर एक जना बेपत्ता भएका छन् । दोधाराचाँदनी नगरपालिका–४ मालिका टोलका ५० वर्षीय जित दमाई सोमबार बिहान नदीमा बगेपछि बेपत्ता भएका हुन् ।

navjiwan hospital

प्रहरीका अनुसार बिहान करिब साढे ९ बजे महाकाली नदीको टापुमा गाई तार्ने क्रममा दमाई नदीको तीव्र बहावमा बगेका थिए ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले घटनापछि दमाईको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको जानकारी दिए । प्रहरी र सुरक्षाकर्मीले नदी आसपासका क्षेत्रमा खोजी गरिरहेका छन् ।