खाेज्नुहाेस

कञ्चनपुरमा १४ ग्रामभन्दा बढी खैरो हेरोइनसहित चार जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–९ पिपरियामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

attariya hospital

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवारबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय राम लक्षी रानाको घरकोठा खानतलासी गर्दा खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ८७० मिलिग्राम बरामद गरेको प्रहरीले जनाएको छ।

navjiwan hospital

त्यस्तै, सोही स्थानका २० वर्षीय विशाल रानाको घरकोठा खानतलासी गर्दा १ ग्राम ९२० मिलिग्राम पदार्थ बरामद भएको छ। दुवै जनाको साथबाट गरी जम्मा ४ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएपछि आइतबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, बेलडाँडी गाउँपालिका–३ बनपुरुवाबाट पनि खैरो हेरोइन जस्तो देखिने १० ग्राम पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलडाँडी गाउँपालिका–२ चवन्नी बस्ने १८ वर्षीय किशोरलाई शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ बरामद गरेको थियो।

प्रहरीका अनुसार सोधपुछका क्रममा उक्त लागूऔषध बेलडाँडीको चन्दनबस्ती टोल बस्ने २२ वर्षीय गणेश साँउदले खरिद गरी ल्याएको खुल्न आएको थियो। गणेश साँउद नजिकै सडकमा सु.प.प्र.०१–०११ प २०५८ नम्बरको पल्सर मोटरसाइकलमा पर्खिरहेको अवस्थामा फेला परेपछि उनलाई पनि मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।