खाेज्नुहाेस

बैतडीमा भीरबाट लडेर महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु

Image

बैतडी – बैतडीमा भीरबाट लडेर एक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका–५ हरिचनकी ३५ बर्षीया गौरा मडैको भीरबाट लडेर मृत्यु भएको हो ।

navjiwan hospital

घाँस काट्ने क्रममा आइतबार दिउँसो घर नजिकैको गोगनाडी खोला भन्ने भीरबाट लडेर मडै गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय दिपेन्द्रबहादुर मडैले बताए ।

attariya hospital

उनी विगत पाँच बर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दै आएकी थिइन ।