खाेज्नुहाेस

कैलालीमा अपराधिक उपद्रव मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

धनगढी  –  अपराधिक उपद्रव मुद्दामा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

जिल्ला अदालत कैलालीको २०८२ भदौ १७ गतेको फैसलाले जानकी गाउँपालिका–६ धर्मापुर बस्ने २३ वर्षीय गणेश टमट्टालाई आपराधिक उपद्रव मुद्दामा १ वर्ष ५ महिना ९ दिन कैद सजाय र १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।

attariya hospital

फैसला कार्यान्वयनका क्रममा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टमट्टालाई शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका टमट्टालाई आवश्यक कारबाहीका लागि अघि बढाइएको प्रहरीले जनाएको छ।