खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघद्वारा संघको प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकार संग बजेट माग

Image

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघले आफ्नो प्रशासनिक भवनको बाँकी निर्माण कार्य सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिदिन सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेको छ। संघका पदाधिकारीहरुले शुक्रवार मुख्यमन्त्री खगराज भट्टसँग भेटघाट गरि प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि बजेट बिनियोजन गरिदिन माग गरेका हुन ।

संघका अध्यक्ष कमल कडायतले संघको प्रशासनिक भवनको निर्माण कार्यका लागि मुख्यमन्त्री खगराज भट्ट र भौतिक विकास राज्यमन्त्री जानकी देवि कुँवरसँग भेटघाट गरि बजेट माग गरिएको बताए । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाउँदै संघको प्रशासनिक भवनको माथिल्लो तला निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराइदिन आग्रह गरेको बताए ।

attariya hospital

navjiwan hospital

पत्रमा संघले २०७१ सालमा विधिवत् दर्ता भई व्यावसायिक हकहितसँगै यस क्षेत्रको कला, संस्कृति तथा पर्यटनलगायत समग्र विकासमा काम गर्दै आएको उल्लेख गरेको छ। संघका अनुसार गोदावरी नगरपालिकाभित्र व्यापार–व्यवसाय गर्दै राज्यलाई प्रत्यक्ष कर तिर्ने करिब २ हजार ४०० व्यवसायी सदस्य संघमा आबद्ध छन्।

संघको भवन निर्माणका लागि व्यवसायी, विभिन्न निकाय, गोदावरी नगरपालिका तथा केन्द्र र प्रदेश सरकारको आर्थिक सहयोग रहेको र हालसम्म भवनको तल्लो तला निर्माण भइसकेको पत्रमा उल्लेख छ। करिब ५०० जना अट्ने सभाहलसहितको तल्लो तला निर्माण भए पनि प्रशासनिक कार्यका लागि थप स्थान आवश्यक रहेकाले माथिल्लो तला निर्माण गर्ने योजना रहेको अध्यक्ष कडायतले बताए ।

आर्थिक अभावका कारण माथिल्लो तला निर्माणको काम सुरु हुन नसकेको अध्यक्ष कडायतले बताए । उनका अनुसार माथिल्लो तला निर्माणका लागि करिव ४० लाख रुपैयाँ लागत लाग्ने प्राविधिक अनुमान रहेको छ । सो अनुसारको बजेट बिनियोजित गरिदिन प्रदेश सरकार संग अनुरोध गरेको कडायतले बताए ।

यस्तै, संघका पदाधिकारीहरुले नवनियुक्त भएका मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्री लाइ बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन ।