खाेज्नुहाेस

३३ करोडमा निर्माण गरिएको धनगढी सभागृह अब रुक्मणी टेन्टले सञ्चालन गर्ने

Image

धनगढी –  निर्माण भएको लामो समयसम्म अलपत्र धनगढीस्थित सभागृह निजी क्षेत्रको रुक्मणी टेन्ट एण्ड सप्लायर्सले गर्ने भएको छ । धनगढीमा ठूला कार्यक्रम आयोजना गर्ने उद्देश्यले आधुनिक शैलीमा निर्माण गरिएको सभागृह टेन्डर मार्फत रुक्मणी टेन्टले सञ्चालन गर्ने जिम्मा पाएको हो । जसका लागि रुक्मणी टेन्ट सँग मासिक एक लाख ५२ हजार १११ रुपैयाँमामा ठेक्का सम्झौता भएको छ ।

navjiwan hospital

दुई चरणमा निर्माण भएको सभागृह निर्माणका लागि सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले ३३ करोड ८० लाख रुपैयाँ खर्च गरेको थियो । सभागृहमा ठूलो सभा हल, सेमिनार कक्ष र भूमिगत पार्किङको व्यवस्था छ । निर्माण सम्पन्न भएपछि २०८२ जेठ ११ गते सभागृह उपमहानगरले जिम्मा लिएको थियो ।

attariya hospital

त्यसयता उपमहानगरले पटक–पटक प्रयास गर्दा पनि सञ्चालनमा आउन सकेको थिएन । उपमहानगरका उपप्रमुख कन्द्कला कुमारी रानाले सभागृह सञ्चालनका लागि उपमहानगरले पटक–पटक सूचना प्रकाशित गरेको थियो । उपमहानगरले पहिलो र दोस्रो पटक मासिक न्यूनतम तीन लाख रुपैयाँ कबोल रकम निर्धारण गरी सूचना प्रकाशित गरेको थियो । त्यसमा कुनै प्रस्ताव नपरेपछि तेस्रो पटकको सूचनामा मासिक दुई लाख ७० हजार रुपैयाँ कायम गरिएको थियो भने चौथो पटक प्रकाशित सूचनामा एक लाख ९९ हजार रुपैयाँ कायम गरिएको थियो ।

त्यसमा पनि प्रस्ताव नपरेपछि पाँचौँ पटक रकम घटाएर १ लाख २५ हजार रुपैयाँ कायम गरिएको थियो । ‘चार पटकसम्म सूचना प्रकाशित गर्दा पनि ठेक्का लागेन । सञ्चालनमा त ल्याउनु पर्यो भनेर मापदण्डअनुसार नै रकम घटाइएको हो,’ रानाले भनिन् । उनका अनुसार पाँचौँ पटकको सूचनापछि सभागृह सञ्चालनको ठेक्का मासिक एक लाख ५२ हजार १११ रुपैयाँमा परेको छ । अब प्रक्रिया पूरा भइसकेकाले सभागृह छिटै सञ्चालनमा आउने धनगढी उपमहानगरले जनाएको छ ।