खाेज्नुहाेस

लम्कीमा लागूऔषधसहित दुई युवक पक्राउ

Image

लम्की – कैलालीको लम्कीचुहा नगरपालिका–४ खल्लाबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

navjiwan hospital

पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय शंकर देउवा र २० वर्षीय पूर्णबहादुर चन्द रहेका छन्।

attariya hospital

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ ३०० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रमाडोल २९ ट्याब्लेट र एविल २८ ट्याब्लेट बरामद गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।