खाेज्नुहाेस

नि–बिराद सहिद स्मृति खानेपानी समितिको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

Image

बेलौरी– कञ्चनपुरको बेलौरी नगरपालिका– १० मा रहेको नि–बिराद सहिद स्मृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । बुधबार तेस्रो पटक बसेको समितिको साधारण सभाले नयाँ कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको हो ।

navjiwan hospital

समितिको नयाँ कार्यसमितिको भक्त बहादुर चन्द, उपाध्यक्षमा शेर बहादुर शाही, सचिवमा मनवीर चौधरी र कोषाध्यक्षमा मोहनी चौधरी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै सदस्यमा लक्ष्मी चौधरी, सुरज बहादुर शाही, गणेश जोशी, शंकर चौधरी र सन्तराम चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक पुष्पराज जोशीले बताए ।

attariya hospital

जोशीका अनुसार समितिको सबै पदहरुमा ९ जनाको मात्रै उम्मेदवारी परेको थियो । अन्य उम्मेदवारी नपर्दा सबैलाई निर्वाचन समितीले निर्वाचित भएको घोषणा गरेको हो । यसअघि नयाँ कार्यसमिति चयनका लागि दुई पटक साधारणसभा बसेको थियो । भदौ १६ र २२ गते साधारणसभा बोलाउदा गणपुरक संख्या नपुगेपछी बुधबार तेस्रो पटक साधारणसभा बोलाइएको हो ।