खाेज्नुहाेस

कैलालीमा वन अधिकृत भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Image

धनगढी –  आफू वन अधिकृत रहेको भन्दै ठगी गर्ने एक युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाउँपालिका–४ का २५ वर्षीय दीपेश चौधरी रहेका छन् ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार उनले एक युवतीलाई प्रेम सम्बन्धमा पारी वन कार्यालयमा करारको जागिर लगाइ दिने प्रलोभन देखाएर युवतीकी घरपरिवारका सदस्य र नातेदारबाट रकम असुली गरेका छन् ।

attariya hospital

परिचयपत्र तथा नियुक्तिपत्रसमेत बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका–१ डिभिजन वन कार्यालयस्थित सडक खण्डबाट पक्राउ गरेको छ ।

पक्राउ परेका चौधरीविरुद्ध ठगी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।