अत्तरिया – प्रहरीले अदालतबाट दोषी ठहर भएर फरार रहेका कैलालीको गोदावरीका २ जनालाई पक्राउ गरेको छ । सोमबार जिल्ला अदालत कैलालीले बैङ्किङ कसुर मुद्दामा १ महिना २० दिन कैद सजाय र १ लाख ४० हजार जरिवाना ताेकेका गोदावरी नगरपालिका – १२ का ३९ वर्षीय पदम बहादुर बोहरालाई पक्राउ गरेकाे छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति कञ्चनपुरको वडा एरियामा फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको जनाएको छ ।

यसै गरी अङ्गभङ्ग मुद्दामा ३ महिना कैद सजाय तोकिएका गोदावरी नगरपालिका – १ का ३० वर्षीय नवीन विष्टलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीले जिल्ला अदालत कैलालीले ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद सजाय र २० हजार जरिवाना तोकिएका धनगढी उप–महानगरपालिका – ८ का ३८ वर्षीय नन्दलाल राना थारुलाई पनि सोमबार पक्राउ गरेको जनाएको छ ।


















