खाेज्नुहाेस

कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

Image

धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

navjiwan hospital

कैलालीका विभिन्न स्थानबाट शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेका करिब ४ लाख १४ हजार ८८२ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो। बरामद सामानमा चिनी, मिठाई, टाई, बेल्ट तथा कस्मेटिक सामग्री रहेका छन्।

attariya hospital

यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ नहररोडबाट ३२ हजार ७०० रुपैयाँ बराबरको सुर्ति बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको टोलीले शनिबार राति उक्त सुर्ति बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानमाथि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।