खाेज्नुहाेस

कैलालीमा माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु

Image

धनगढी – कैलालीको लम्कीचुहा नगरपालिका– ८, गप्कामा माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबार बिहान बाटो काट्ने क्रममा माइक्रोबसले ठक्कर दिँदा स्थानीय स्वस्तिका न्यौपानेको मृत्यु भएको हो ।

navjiwan hospital

माइक्रोबसको ठक्करबाट घाइते भएकी उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

attariya hospital

प्रहरीका अनुसार सु.प.प्र.०१–००१ ख ४०८५ नम्बरको माइक्रोबसले न्यौपानेलाई ठक्कर दिएको थियो । घटनापछि माइक्रोबसका चालक प्रताप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अहिले स्थानीयले कारवाही र क्षतिपुर्तीको माग सहित राजमार्ग समेत अबरुद्ध गरेका छन ।