धनगढी – धनगढी उपमहानगरपालिकाले आफ्नो १२ औं स्थापना दिवस नमनाउने भएको छ ।

भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मुलुक शोक र विपद्मा रहेकाले १२ औं स्थापना दिवस नमनाउने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले हरेक वर्ष असोज १ गते स्थापना दिवस मनाउने गरेको छ ।
गत वर्ष जेन्जी आन्दोलनका कारण ११ औं स्थापना दिवस पनि स्थगित भएको थियो भने यो पटक भोटेकोशीको अकल्पनीय बाढीका कारण व्यापक धनजनको क्षति भएकाले स्थापना दिवस स्थगित गरिएको उपमहानगरपालिकाले जनाएको छ ।


















