
अत्तरिया– भोटेकोसीको बाढीका कारण प्रभावितहरुका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तरराष्ट्रियले सहयोग रकम प्रदान गरेको छ । समाजले बाढी प्रभावितहरुका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार रुपैया सहयोग गरेको हो ।
सुदूरपश्चिमेली नेपाली समाज अन्तरराष्ट्रिय समितिका महासचिव दिनेश खड्का ‘खप्तडी’ ले भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएकाहरुको राहतका लागि समाजका तर्फबाट सहयोग गरिएको बताए । उनले प्राकृतिक विपत्तिको समयमा सबैको सहयोग र ऐक्यबद्धता आवश्यक हुने बताए ।




















