खाेज्नुहाेस

धनगढीमा ब्राउन सुगर सहित एक जना पक्राउ

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन्।

navjiwan hospital

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति स्थानीय ३० वर्षीय ललित साउदको घरकोठामा खानतलासी गरेको थियो।

attariya hospital

खानतलासीका क्रममा लुकाइछिपाइ राखिएको १ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेपछि साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।