खाेज्नुहाेस

धनगढी उपमहानगरपालिकाद्वारा बाढीपीडितका लागि ४१ लाख सहयोग

Image

धनगढी – धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितको सहयोगका लागि ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

navjiwan hospital

उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उपमहानगरपालिकाले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

attariya hospital

भोटेकोशीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग आवश्यक रहेकाले स्थानीय तहका तर्फबाट सहयोग गरिएको उपमहानगरपालिकाले जनाएको छ।

धनगढी उपमहानगरपालिकाले विपद्को यस कठिन समयमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो तर्फबाट सहयोग गरेको हो। अहिलेसम्म बाढीमा परेर ९ सय जना बढीको ज्यान गईसकेको छ भने कयौ वेपत्ता रहेका छन् ।