खाेज्नुहाेस

बाढीपीडितको लागि कैलालीका मुस्लिम समुदायद्वारा ३ लाख सहयोग

Image

धनगढी – भोटेकोशी बाढीपीडितका लागि कैलालीका मुस्लिम समुदायले राहत तथा पुनःस्थापनाका लागि ३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

navjiwan hospital

कैलाली मुस्लिम समाज अत्तरिया, नुरी जामे मस्जिद पशुपतिटोल धनगढी र गौसिया जामे मस्जिद पुरानो भन्सार रोड धनगढीको पहलमा रकम संकलन गरिएको हो ।

attariya hospital

गत शुक्रबार जुमाको नमाजपछि बाढीपीडितको सहयोगार्थ अभियान सञ्चालन गरेर रकम संकलन गरिएको थियो । सो अवसरमा बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विशेष प्रार्थनासमेत गरिएको थियो ।

संकलित ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्युआरमार्फत जम्मा गरिएको हो । विपद्को यस कठिन घडीमा पीडितको घाउमा मलम लगाउने उद्देश्यले समुदायस्तरबाट सहयोग संकलन गरी कोषमा जम्मा गरिएको नुरी जामे मस्जिद, पशुपतिटोल धनगढीका अध्यक्ष डा. मेराज आलम अन्सारीले बताए । उनले विपद्का बेला सबै समुदायले हातेमालो गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए ।