खाेज्नुहाेस

अत्तरियामा ‘नृत्य मञ्च’को मेगा अडिसन सम्पन्न

Image

अत्तरिया – कैलालीको अत्तरियामा विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता ‘नृत्य मञ्च’ को मेगा अडिसन राउन्ड सम्पन्न भएको छ । अत्तरिया स्थित द डान्स सर्कल र गुरुकुल डान्स एन्ड फिटनेस स्टुडियोको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा कैलाली र कञ्चनपुरका २४ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन् ।

navjiwan hospital

विद्यालयस्तरमा भएको प्रारम्भिक राउन्ड पार गर्दै मेगा राउन्डमा करिब ४ सय विद्यार्थी सहभागी भएका आयोजकले जनाएको छ । प्रतिभाको सम्मान र नृत्यको पहिचान गर्ने मुख्य उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजक द डान्स सर्कलका सञ्चालक तथा नृत्य प्रशिक्षक लोकेश बोहराले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरूको व्यक्तित्व विकाससँगै उनीहरूमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताए ।

attariya hospital

प्रतियोगिता अडिसन राउन्ड, मेगा राउन्ड, कोरियोग्राफी, कोरियो राउन्ड, क्वाटरफाइनल, सेमिफाइनल र ग्रान्ड फाइनल गरी सात चरणमा सञ्चालन हुने आयोजकले जनाएको छ । निर्णायकहरूको मूल्याङ्कन नै अन्तिम नतिजा हुने आयोजकले स्पष्ट पारेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार २० हजार १०५ रुपैयाँ, द्वितीय पुरस्कार १५ हजार १०५ रुपैयाँ र तृतीय पुरस्कार १० हजार १०५ रुपैयाँ रहेको छ ।