खाेज्नुहाेस

टीकापुरबाट लागुऔषध सहित एक जना पक्राउ

Image
navjiwan hospital

अत्तरिया– कैलालीको टीकापुरबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । बिहिबार टीकापुर नगरपालिका– ९ खक्रौलाबाट अवैध लागुऔषध ब्राउनसुगर सहित सोही नगरपालिका– २ अस्नेरीका ३१ वर्षिय राजेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट ४ ग्राम ७४० मिलिग्राम लागुऔषध बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सो विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

attariya hospital