खाेज्नुहाेस

सिन्की बोहरा दुर्घटना प्रकरण : आज पनि अशान्त अत्तरिया, जुटेन सहमति 

Image
अत्तरिया – कैलालीको अत्तरिया बसले किचेर मृत्यु भएकी सिन्की बोहराका आफन्त र यातायात व्यवसायी बिचको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन । मंगलबार बिहानै देखि इलाका प्रहरी कार्यालय मालाखेतीमा छलफल भए पनि सहमति हुन नसकेको छ ।
attariya hospital
बिहानको छलफलमा सहमति नभएपछि दिउँसो पीडित पक्षले अत्तरियाका सडक बन्द समेत गराएका थिए । पछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाएर छलफलको वातावरण मिलाए पनि साँझ सम्म पनि सहमति जुट्न नसकेपछि अहिले वार्ता बिथोलिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा महराले अन्य कुरामा सहमति भए पनि क्षतिपूर्तिका विषयमा कुरा नमिलेको बताए । उनले पीडित पक्षले २३ लाख क्षतिपूर्ति माग गरेको र यातायात व्यवसायीले साढे ७ लाख भन्दा बढी दिन नसकिने भनेपछि सहमति नभएको बताए ।
navjiwan hospital
पीडित पक्षले भने चालकले किचेर मारेको र बिना प्रक्रिया पुगाएर शव उठाइएकोले कारबाही हुनुपर्ने माग समेत माग राखेका छन् । उनीहरूले आफूहरूलाई बेवास्ता गरेर हालसम्म आलटाल गर्न खोजिएको बताउँदै उचित क्षतिपूर्ति र न्याय नपाए सम्म पछि नहट्ने बताएका छन् । अहिले पनि दुवै पक्षबिच सहमतिको प्रयास भने जारी रहेको प्रहरीले जनाएको छ ।
आइतबार बझाङको मष्टा गाउँपालिका – ६ घर भएर हाल कैलालीको गोदावरी नगरपालिका – १ मा बस्दै आएकी सिन्की बोहरालाई महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२–००१ ख ९५६ नम्बरको बसले ठक्कर दिएको थियो । उनी बसपार्कमा पानी, भुजा बेच्दै आएकी थिइन ।
दुर्घटनापछि स्थानीय र आफन्तले बस चालकलाई कडा कारबाहीको माग गर्दै आइतबार साँझ अत्तरिया बजारमा विरोध समेत गरेका थिए । सोमबार पनि सहमतिका लागि दिनभरि छलफल भए पनि बिना निष्कर्ष टुङ्गिएको थियो ।