खाेज्नुहाेस

कैलालीबाट ११ जना फरार प्रतिवादी पक्राउ

Image
file photo

अत्तरिया– कैलालीबाट विभिन्न मुद्धामा फरार रहेका ११ जना प्रतिवादी पक्राउ परेका छन् । सोमबार जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
प्रहरीले विभिन्न मुद्धामा जिल्लाको लम्की चुहा नगरपालिकाका ४ जना, टीकापुरका ३ जना र भजनी नगरपालिकाका ४ जनालाई पक्राउ गरेको छ ।

लम्कीचुहाबाट प्रहरीले ठगी सम्बन्धी मुद्धामा फरार रहेका नगरपालिकाको वडा नं. १० बस्ने ३२ वर्षिय श्याम बहादुर चौधरी, बैंकिङ्ग कसुर मुद्धामा वडा नं. १ बस्ने राज बहादुर थापा, चेक अनादर मुद्धामा सोही वडामा बस्ने केशव राज जैसी र लिखित सम्बन्धी कसुर मुद्धामा वडा नं. १० बस्ने खेम बहादुर चौधरीलाई पक्राउ गरेको हो ।

attariya hospital
navjiwan hospital

ठगी मुद्धामा पक्राउ परेका चौधरीलाई जिल्ला अदालत कैलालीको फैसलाले ६ महिना कैद र ३० हजार रुपैया जरिवाना तोकेको थियो भने बैंकिङ्ग कसुरमा पक्राउ परेका थापालाई अदालतले १ दिन कैद र १ हजार ५१० रुपैया जरिवाना तोकेको थियो । त्यस्तै चेक अनादर मुद्दामा जोशीलाई अदालतले २ महिना कैद सजाय र २ हजार रुपैया जरिवाना तोकेको थियो भने लिखित सम्बन्धि कसुर मुद्दामा चौधरीलाई ५ महिना १५ दिन कैद तोकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले बोक्सी सम्बन्धी आरोप मुद्धामा टीकापुर नगरपालिका– ७ बस्ने २७ वर्षिय माता नामले चिनिने सुनिल मिस्त्रि, सोही नगरपालिका– ९ बस्ने ३४ वर्षिय हिरामोती डगौरा र सोही वडा बस्ने ४५ वर्षिय लाली डगौरालाई पक्राउ गरेको छ । उनिहरु तिनै जनालाई जिल्ला अदालत कैलालीले बोक्सि सम्बन्धी आरोप मुद्धामा १ वर्ष कैद सजाय र जनही ५० हजार रुपैया जरिवाना तोकेको थियो ।

सोही शिर्षकको मुद्धामा प्रहरीले भजनी नगरपालिका– १ बस्ने ५० वर्षिय जयराम डगौरा, सोही वडामा बस्ने ४४ वर्षिय पदम डगौरा, ४५ वर्षिय लहानु डगौरा र ५४ वर्षिय बाबुराम डगौरालाई पक्राउ गरेको छ । अदालतले उनिहरुलाई सो मुद्धामा १ वर्ष कैद र जनही १५ हजार रुपैया जरिवाना तोकेको प्रहरीले जनाएको छ ।