धनगढी – कैलालीको धनगढीमा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट १०० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित सोही ठाउँका ३० वर्षीय राकेश विष्ट पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोस्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ।
पक्राउ परेका विष्टमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


















