खाेज्नुहाेस

गोदावरीमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ खैरेनीमा मटेली खोलाले बगाउँदा ५३ वर्षीय चन्द्रबहादुर रोकामगरको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार घरनजिकै रहेको मटेली खोला तर्ने क्रममा रोकामगरलाई खोलाले बगाएको थियो । खोलाले करिब १० मिटर तल बगाएपछि उनी मृत अवस्थामा फेला परेका थिए ।

navjiwan hospital

घटनाबारे आइतबार बिहान गोदावरी नगरपालिका–४ का वडा सदस्य ताराप्रसाद छेडालले अस्थायी प्रहरी पोष्ट स्याउलेलाई जानकारी गराएका थिए । जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर शव निकालेर घर ल्याएको थियो ।

attariya hospital

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक हिरासिंह महराको कमाण्डमा एसओसीओसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो ।

घटनास्थल अस्थायी प्रहरी पोष्ट स्याउलेबाट करिब १२ किलोमिटर उत्तरमा पर्छ । घटनास्थलको काम पूरा गरी आइतबार नैे शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ ।