खाेज्नुहाेस

कैलालीमा सर्पदंशबाट १६ वर्षीय बालकको मृत्यु

Image

घोडाघोडी – कैलालीको घोडाघोडी नगरपालिका –८ दिपनगरका १६ वर्षीय धनुष तिवारीको विषालु सर्पको डसाइबाट मृत्यु भएको छ ।

navjiwan hospital

भदौ ४ गते राति आफ्नै घरमा सुतिरहेका बेला धनुषलाई हातमा सर्पले डसेको थियो । सर्पले डसेपछि उनलाई उपचारका लागि घोडाघोडी नगरपालिका –११ बडैपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी रेफर गरिएको थियो ।

attariya hospital

गम्भीर अवस्थामा रहेका धनुषको उपचारकै क्रममा मृत्यु भएको आफन्त भवानीप्रसाद तिवारीले जानकारी बताए ।