खाेज्नुहाेस

दम्भ देखाएर ताला तोडिए पनि छाडा चौपायाका ब्यवस्थापनका लागि छलफल गर्न तयार छौ

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा लगाइएको ताला तोडिएको विषयमा आन्दोलनरत पक्षले आपत्ति जनाएका छन् । बुधवार स्थानीयले गोदावरी नगरपालिकाका नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाइएको ताला एकतर्फी रूपमा तोडिएपछि उनीहरूले आपत्ति जनाएका छन् ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै तालाबन्दीमा सहभागी बिराज विष्टले नगरपालिकाले कुनै समन्वयन नगरी एकलौटी दम्भ देखाएर ताला तोडेको बताए । उनले आफूहरू छाडा चौपायाको समस्या समाधानका लागि जति बेला पनि तयार रहेको भन्दा भन्दै पनि कुनै जानकारी नदिई ताला तोडिनु गलत भएको बताए ।

attariya hospital
navjiwan hospital

उनले तोडेर नगरप्रमुखले छलफलका लागि गरेको आह्वानमा भने आफूहरू सहभागी हुने बताए । उनले शुक्रवार बिहान नगरप्रमुखले छलफलका लागि गरेको आह्वानमा सहभागी हुने बताउँदै छाडा चौपायाको समस्या समाधानका लागि जस्तोसुकै परिस्थितिमा पनि छलफलका लागि तयार रहेको बताए ।

तालाबन्दीमा सहभागी भुवन महराले नगरप्रमुखले समय नदिएपछि बाध्य भएर ताला लगाएको बताउँदै आफूहरू छलफल विरोधी नभएको बताए । उनले नगरप्रमुखले ताला तोडेर विजय उत्सव मनाए पनि आफूहरू भने जुनसुकै अवस्थामा गएर पनि छलफल गरेर छाडा चौपायाको समस्या समाधानका लागि तयार रहेको बताए ।

बुधवार छाडा गाई गोरु व्यवस्थापनको माग गर्दै नगरपालिका पुगेका स्थानीयले ताला लगाएका थिए ।

बिहीबार ताला ताडेर नगरप्रमुख वीरेन्द्र भट्टले छलफलका लागि आह्वान गरेका हुन । उनले एक भिडियो सन्देश मार्फत शुक्रवार बिहान ११ बजे छलफलका लागि नगरपालिकामा आउन आह्वान गरेका छन् ।