अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख तथा उप प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
छाडा पशु चौपायाको समस्या समाधान गर्न माग गर्दै स्थानीयले नगर प्रमुख वीरेन्द्र भट्ट र उप प्रमुख शारदा देवी रोकायाको कार्यकक्षमा बुधबार तालाबन्दी गरेका हुन् ।


समस्या समाधानको माग गर्दै नगरपालिका पुगेका स्थानीयले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले भेटेर छलफल गर्न समय नदिएपछि नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
स्थानीयसंग छलफलको वातावरण नभएसम्म तालाबन्दी यथावत रहने स्थानीय विराज विष्टले बताएका छन् । बिहान साढे ११ बजे नै नगरपालिका कार्यालयमा पुगेका उनीहले दिउँसो ३ बजे सम्म पनि नगरप्रमुखले भेट्ने समय नदिएपछि तालाबन्दी गरेको बताएका छन ।
प्रशासनले जवरजस्ती ताला खोलेमा आउने परिणामको जिम्मेवारी प्रशासनले नै लिनुपर्ने स्थानीय उत्तम महराले बताएका छन् ।
















