खाेज्नुहाेस

कैलालीको एक सामुदायिक वनभित्र बन्दुक पड्कियो, एक जनाको मृत्यु

Image

धनगढी– कैलालीको एक सामुदायिक बन भित्र बन्दुक पड्एिको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका– ३ स्थित लालिगुराँस सामुदायिक बनमा बन्दुक पड्किएको हो ।

navjiwan hospital

बन्दुक पड्किदा स्थानिय ४२ वर्षिय पदम विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार मंगलबार राति सामुदायिक वनभित्र बन्दुक पड्किँदा विश्वकर्माको मृत्यु भएको हो ।

attariya hospital

उनले विश्वकर्मासँगै जङ्गल गएका एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए । ‘बन्दुक कसले किन चलाएको र विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो भन्ने एकीन हुन सकेको छैन’ प्रहरी निरिक्षक बिष्टले भने ‘सो विषयमा अझै अनुसन्धान जारी छ ।’