धनगढी – डोटीको दिपायल सिलगढी नगरपालिकामा छोरी गर्भवती भएको पाइएपछि बुवा पक्राउ परेका छन् । बुवाले नै अस्पतालमा चेकजाँच गर्न ल्याएकी छोरीको पेटमा १० हप्ताको गर्भ रहेको खुलेपछि बुवा पक्राउ परेका हुन ।

सोधपुछका क्रममा अविवाहित छोरीले बुवा सँगको सम्बन्धपछि गर्भ रहेको बयान दिएकी थिइन । २१ वर्षीय र ४५ वर्षीय बुवाको सम्बन्ध रहेको खुलेपछि बुवालाई बलात्कार आरोपमा पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चिकित्सकले युवती गर्भवती रहेको र उनी अविवाहित रहेको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले बुवा–छोरी दुवैसँग सोधपुछ गर्दा उनीहरूबिच विगतदेखि नै अनैतिक शारीरिक सम्बन्ध रहेको खुलेको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा करिब तीनदेखि चार वर्षअघिदेखि यस्तो सम्बन्ध रहेको तथ्य खुलेको बताइएको छ ।
त्यसपछि युवतीले आफ्नै बुवाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति हाल जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा छन् भने युवतीलाई सेभ हाउसमा राखिएको छ ।



















