धनगढी – सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगमा कम्प्युटर अप्रेटर पदमा कार्यरत ३३ वर्षीय जितबहादुर मयालको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमबार साँझ आफ्नै गोठ निर्माण गर्ने क्रममा विद्युत्को तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



















