अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ का एक बालकको सर्पले टोकेर मृत्यु भएको छ । साउन २३ गते सर्पले टोकेर सेती प्रादेशिक अस्पतालमा उपचाररत सागर साउदका ५ वर्षीय छोरा रियान साउदको सर्पले टोकेर मृत्यु भएको हो ।

उनलाई साउन २३ गते राती घरको कोठामा सुतिरहेको अवस्थामा दायाँ खुट्टामा सर्पले टोकेको थियो ।

गम्भीर अवस्थामा रहेका उनको सेती अस्पतालमा उपचार भइरहेकोमा भदौ १ गते सोमबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।


















