धनगढी – कैलालीको धनगढीमा लागू औषध सहित ४ जना पक्राउ परेका छन । शुक्रबार धनगढी उपमहानगरपालिका–८ राधास्वामीबाट प्रहरीले लागू औषध ब्राउन सुगर्र सहित चार जनालाई पक्राउ गरेको हुन ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ का ३२ वर्षीय सञ्जय यादव, ४२ वर्षीय सम्भु श्रेष्ठ, १६ वर्षीय किशोर तथा धनगढी उपमहानगरपालिका–५ का २० वर्षीय क्रिस बम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट १ ग्राम १३० मिलिग्राम ब्राउन सुगरज बरामद गरेको थियो ।















