बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ । बिहिबार राती गाउँमाथिबाट आएको पहिरोमा परी सोही वडाकी २० वर्षिया प्रतीक्षा थापा बेपत्ता भएकी छन भने स्थानिय धर्म थापा र धौली देवी रावल घाईते भएका हुन् ।

अविरल वर्षापछि आएको पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रुपमा क्षति भएको छ । पहिरोले पुरिएर थापाकी छोरी प्रतीक्षा बेपत्ता भएकी हुन् । उनको खोजी गर्न प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको छ । खोजी कार्य तथा उद्धारमा सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय समेत खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार थापाको बायाँ खट्टा र शरीरमा तथा रावलको टाउको, खुट्टा र शरीरमा चोट छ । घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको उनले बताए ।



















