
अत्तरिया– कैलालीको धनगढीबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– ७ जेपी चोक बाट लागुऔषध सहित सोही वडाका २० वर्षिय अविनाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहिबार बेलुकी चेकजाँच गर्दा चौधरीको साथबाट १७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सो विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।




















