खाेज्नुहाेस

बडीमालिकामा हेलिकोप्टरबाट टेलिकमको उपकरण ढुवानी

Image

बाजुरा – बाजुराको बडीमालिकामा हेलिकोप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले सेनाको हेलिकोप्टर मार्फत मंगलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पु¥याएको हो ।

भौगोलिक कठिनाइका कारण सडकमार्फत उपकरण तथा सामग्री पु¥याउन सम्भव नदेखिएपछि हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको थियो ।

attariya hospital
navjiwan hospital

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको जानकारी दिए । सामग्री ढुवानी, जनशक्ति व्यवस्थापन तथा स्थानीय तहबाट गर्न सकिने आर्थिक र अन्य सहयोगका विषयमा बडीमालिका तथा त्रिवेणी नगरपालिकाका प्रमुखसँग छलफल भइरहेको उनले बताए । जडान स्थलमा आवश्यक सामग्री पुगेको करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले यसअघि साउन महिनाभित्रै बडीमालिकामा सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो । प्रारम्भिक रूपमा ३० साउनभित्र काम सम्पन्न गर्ने लक्ष्य रहे पनि प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण केही समय थप लाग्ने भएको छ ।

सरकारले देशका दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले ८ साउनमा बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा पु¥याउन नेपाल टेलिकमलाई निर्देशन दिएका थिए ।