खाेज्नुहाेस

कैलालीमा एकैदिन १६ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ

Image

अत्तरिया – कैलालीमा एकैदिन १६ ग्राम २९० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित पाँच जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

navjiwan hospital

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–२ का २८ वर्षीय रामराल डगौरा, धनगढी उपमहानगरपालिका–७ का २३ वर्षीय अनिल चौधरी, गोदावरी नगरपालिका–४ का ४५ वर्षीय शंकर विक, २८ वर्षीय गोपाल चौधरी र ३२ वर्षीय विजय चौधरी रहेका छन् ।

attariya hospital

प्रहरीका अनुसार उनीहरूलाई लागूऔषध खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरूको साथबाट १६ ग्राम २९० मिलिग्राम खैरो हेरोइन र पाँच थान मोबाइल फोन बरामद गरिएको छ ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित इलाका प्रहरी कार्यालयमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।