खाेज्नुहाेस

धनगढीमा माघ ५ गतेदेखि प्रदेशस्तरीय सीप तथा रोजगार मेला सञ्चालन गरिने

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले यस वर्षको प्रदेशस्तरीय सीप तथा रोजगार मेला आगामी माघ ५ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

वार्षिक क्यालेन्डरअनुसार सञ्चालन हुने मेलाका लागि विभिन्न संघसंस्था, रोजगारदाता, तालिम प्रदायक संस्था तथा सरोकारवाला निकायसँग छलफल, समन्वय र सहकार्य अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ।

attariya hospital
navjiwan hospital

उपमहानगरपालिकाले विगत तीन वर्ष देखि सीप तथा रोजगार मेला आयोजना गर्दै आएको छ । जसअनुसार २०८१ सालको मेलामा १ हजार ४० जना शिक्षार्थी सहभागी भएका थिए भने २०८२ सालको मेलामा ६ सयभन्दा बढी युवायुवती सहभागी भएका थिए।

यस वर्षको मेलालाई विगतको अनुभवका आधारमा थप व्यवस्थित, प्रभावकारी र युवामैत्री बनाउने तयारी गरिएको छ। मेलामार्फत श्रम बजारको मागअनुसारका सिप प्रदान गर्दै युवायुवतीलाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको छ।

साथै, स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणलाई समेत प्राथमिकता दिँदै विभिन्न स्थानीय तह तथा संघसंस्थालाई आफ्ना उत्पादन र गतिविधि प्रदर्शनका लागि निःशुल्क स्टल उपलब्ध गराउने व्यवस्था गरिएको थियो।

उपमहानगरपालिकाले निर्धारित समयमै मेला सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको जनाएको छ।