खाेज्नुहाेस

कैलालीमा विद्यार्थी समुह बीच झडप

Image

धनगढी – कैलालीको बर्दगोरिया गाउपालिकास्थित बसन्त मुरारी नमुना माध्यमिक विद्यालयका दुइ विद्यार्थी समुह बीच झडप भएको छ । झडपमा धारीलो हतीयार प्रहारबाट कक्षा १० मा अध्ययनरत विवश विक घाइते भएका छन् ।

navjiwan hospital

एउटै विद्यालयमा अध्ययन गर्ने साथीहरूको समूहले विद्यालय छुट्टि भएपछि बौनिया बजार क्षेत्रमा बिक माथि धारिलो हतियारले घाँटीमा प्रहार गर्दा उनी घाइते भएका हुन । घाइते विवश विकको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । घटनापछि विद्यालय क्षेत्र असुरक्षित बन्दै गएको भन्दै अभिभावकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

attariya hospital

पीडित पक्षले घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ । , ईलाका प्रहरी कार्यालय बौनियाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।