खाेज्नुहाेस

टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

Image

धनगढी – कैलालीको टीकापुरमा बोलेरो र ग्यास सिलिन्डर बोकेको ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

हुलाकी राजमार्गअन्तर्गत टीकापुर नगरपालिका–७ झुँगा नजिक नेपालगन्जबाट आउँदै गरेको लु.प्र.०२–००१ च ०५४० नम्बरको तरकारी बोकेको बोलेरो र भे १ क ५०१ नम्बरको भेरी ग्यासका सिलिन्डर बोकेको ट्रक एकापसमा ठोक्किए भएको दुर्घटनामा बोलेरोका सहचालकको मृत्यु भएको हो ।

attariya hospital

मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका – ५ का २३ वर्षीय रन्जिप ओली रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा जिपका चालक सल्यानको कपुरकोट गाउँपालिका – ५ का प्रताप कामी घाइते भएका छन् ।

दुर्घटनामा बोलेरोका सहचालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बोलेरो चालकको उपचार भइरहेको छ ।