धनगढी – कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब २ लाख ४६ हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको छ।

कैलारी गाउँपालिका–५ छोटिपलियाबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका सुटपिस, साडी, कुर्तीलगायतका सामान शनिबार राति प्रहरीले बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ।
बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


















