
अत्तरिया – कैलालीमा प्रहरीले लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । मंगलबार गौरीगंगा नगरपालिका – ४ बाट लागू औषध खैरो हेरो १० ग्राम ८०० मिलिग्राम सहित गौरीगंगा नगरपालिका – ४ का २५ वर्षीय सुरेन्द्र बहादुर धामी र गौरीगंगा नगरपालिका – १ लठैयाका २१ वर्षीय सन्तोष रानामगर पक्राउ परेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध ब्युरो धनगढीबाट संयुक्त खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ३७ हजार १५० रुपैयाँ समेत बरामद गरिएको जनाएको छ ।
यस्तै टीकापुर नगरपालिका – ३ रामपुरबाट लागू औषध खैरो हेरोइन १ ग्राम १८० मिलिग्राम सहित टीकापुर नगरपालिका – ३ रामपुरका २६ वर्षीय प्रशान्त चौधरी र सोही ठाउँका १९ वर्षीय समीर चौधरी पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।



















