खाेज्नुहाेस

कञ्चनपुरको कृष्णपुरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु

Image
अत्तरिया – महेन्द्र राजमार्ग अन्तरगत कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ गुलरीया क्षेत्रमा  भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा कृष्णपुर–७ का ३३ वर्षीय ओम प्रकाश भट्टको मृत्यु भएको हो ।
attariya hospital
navjiwan hospital
अत्तरियाबाट पश्चिमतर्फ गइरहेको भट्टले चलाएको सुप प्र ०१–०१० प ५११० मोटरसाइकल सडकमा डोर्याइएको पाडोसँग ठोक्किएर विपरीत दिसाबाट आइरहेको सुप प्र ०१–००१ च ४३४७ को स्कारपियोमा ठोक्किएको थियो ।
सोक्रममा गम्भीर घाइते भएका भट्टको उपचारकाक्रममा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
प्रहरीले पाडोधनी कृष्णपुर– १ श्रीपुर बस्ने गाजीराम सार्की र स्कारपियो चालक गोदावरी–१ का सुवास चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।