खाेज्नुहाेस

धनगढीमा राजसंस्था पुनःस्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु

Image

धनगढी – राजसंस्था पुनःस्थापनाको माग गर्दै कैलालीको धनगढीमा ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३’ सुरु गरिएको छ। हरिशयनी एकादशीको अवसर पारेर धनगढी उपमहानगरपालिका–१ स्थित श्री लक्ष्मी नारायण मन्दिर परिसरमा शाही युवा शक्ति नेपालले अभियानको शुभारम्भ गरेको हो। अभियान शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काको अध्यक्षतामा सुरु गरिएको जनाइएको छ।

navjiwan hospital

कार्यक्रममा नेपाल वैष्णव परिषद्का केन्द्रीय अध्यक्ष, विश्वहिन्दु महासंघ नेपालका संस्थापक तथा श्री लक्ष्मी नारायण मन्दिरका स्वामी श्री १००८ देवराज आचार्यले पहिलो हस्ताक्षर गर्दै अभियानको उद्घाटन गरेका छन्। आयोजकका अनुसार नेपालमा पुनः राजसंस्था आवश्यक रहेको जनमत सङ्कलन गर्ने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन गरिएको हो। अभियानमा सर्वसाधारणलाई सहभागी भई आफ्नो समर्थन जनाउन आग्रह गरिएको छ।

attariya hospital

कार्यक्रमको संयोजन विश्वहिन्दु महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष राजप्रसाद जोशीले गरेका थिए।