अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–७ जमुनानगर हरैयाकी ४४ वर्षीया पार्वती बगटी (ऐर) विगत ११ दिनदेखि बेपत्ता भएकी छन् । असार २६ गते अस्पताल जान्छु भन्दै घरबाट निस्किएकी उनी त्यसयता सम्पर्कविहीन रहेको परिवारले जनाएको छ ।
परिवारका अनुसार घरबाट निस्कँदा उनीसँग मोबाइल फोन पनि थियो । तर त्यसयता फोन स्विच अफ रहेको र कुनै सम्पर्क हुन नसकेको जनाइएको छ ।


पार्वतीका श्रीमान डम्बरबहादुर ऐर रोजगारीका सिलसिलामा भारतमा सवारी चालकका रूपमा कार्यरत छन् । श्रीमती बेपत्ता भएको खबर पाएलगत्तै उनी स्वदेश फर्किएका छन् ।
पार्वतीका ८ र १३ वर्षका दुई छोरा छन् ।स्थानीयका अनुसार पार्वती घरबाट निस्कँदा रातो रङको सुट लगाएकी थिइन् भने हातमा प्लास्टिकको झोला बोकेकी थिइन् ।
परिवारले पार्वतीलाई कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालय वा ९८६८५५३१२६ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन सबैमा अनुरोध गरेको छ ।
















